News जापानद्वारा एएफसी यु–२३ एसियन कपको उपाधि रक्षा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन समेत रहेको जापानले साउदी अरेबियामा सम्पन्न एएफसी यु–२३ एसियन कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ ।

साउदी अरेबियाको जेद्दाह शहर स्थित प्रिन्स अब्दुल्लाह अल–फैजल स्पोर्टस सिटी स्टेडियममा भएको फाइनलमा जापानले चीनलाई ४–० को अन्तरले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । समग्रमा जापानको यो तेस्रो उपाधि समेत हो । यसअघि जापानले सन् २०१६ मा पहिलोपटक यो उपाधि जितेको थियो भने गत संस्करण दोस्रोपटक यो उपाधिमाथि कब्जा जमाएको थियो ।

शनिबार भएको फाइनलमा जापानका लागि १२औं मिनटमा युटो ओजेकीले पहिलो गोल गरेका थिए । खेलको २०औं मिनटमा कोसेइ ओगुराले त्यो अग्रता दोब्बर पारे । त्यस्तै दोस्रो हाफको ५९औं मिनटमा रय्नोसुके साटोले तेस्रो गोल थप्दा ७६औं मिनटमा कोसेइ ओगुराले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै जापानको शानदार जित सुनिश्चित गरे ।

त्यस्तै भियतनामले तेस्रो स्थान हासिल गर्यो । तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा भियतनामले दक्षिण कोरियालाई पेनाल्टी शुटआउटमा ७–६ ले निराश तुल्यायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले प्रतिस्पर्धात्मक २–२ गोलको बराबरी खेलेका थिए ।

Post Comments