छातेढुङा । तेह्रथुमको आठराई गाउॅपालिका वडा नं ५ छातेढुङ्गाको होडामा आइतबार देखि माघे मेला खुल्ला पुरूष तथा महिला फुटबलका साथ खुल्ला भलिबल प्रतियोगिता सुरू भएको छ ।
सरस्वति आधारभुत विद्यालयको खेल मैदानमा सुरू प्रतियोगिताको मैत्रिपूर्ण उदघाटन खेलमा शिक्षक कर्मचारीलाई व्यवसायीले १-० गोलले पराजित गरे ।
प्रतियोगितात्मक पुरूष तथा महिला तर्फका खेलहरू माघ ११ गते सोमबार देखि सन्चालन हुनेछन ।
खुल्ला पिरूष तर्फको विजेताले नगद एक लाख सहित तीन वर्षे रनिङ ट्रफि र उपविजेताले ६० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।
खुल्ला महिला तर्फको विजेताले १५ हजार सहित ट्रफि र उपविजेताले १० हजार सहित ट्फि प्राप्त गर्नेछन ।
त्यस्तै खुल्ला पुरूष भलिबल तर्फको विजेताले ३० हजार सहित ट्रफि र उपविदेताले १५ हजार सहित ट्रफि प्राप्त गर्ने माघे मेला सन्चालन समितिका खेल संयोजक मिलन राइले जानकारी दिए ।
आइतबार विभिन्न जातजातिका झॅाकिहरूको प्रस्तुती संगै प्रतियोगिताको भव्य उदघाटन भएको छ ।