News साफ पुरुष फुटसलको अन्तिम खेलमा नेपालको जित, दोस्रो वा तेस्रो स्थान हासिल गर्ने निश्चित
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपतर्फ सोमबार नेपालले आफ्नो अन्तिम खेलमा भुटानलाई ४–१ को अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद समापन गरेको छ ।

यो जितसँगै नेपालले दोस्रो वा तेस्रो स्थान पनि पक्का गरेको छ । ६ खेलबाट कुल ११ अंक जोडेको नेपाल शिर्ष तीन कै होडमा छ । १० अंक जोडेको पाकिस्तान र ८ अंक जोडेको भारत पनि शिर्ष तीन कै होडमा छन् । र, यी दुई टोली सोमबार नै आमने सामने हुँदैछन् ।

त्यस्तै १५ अंकका साथ शिर्ष स्थानमा रहेर यसअघि नै लिग उपाधि जितिसकेको माल्दिभ्सले पनि आफ्नो अन्तिम खेलमा सोमबार श्रीलंकाको सामना गर्दैछ ।

 

Post Comments