News
मनाङको पहिलो र उत्कृष्ट जित
काठमाडौ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी क्लबले पहिलो र उत्कृष्ट जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मनाङले संघर्षरत टोली काँक्रेबिहार क्लबलाई ५-१ ले हरायो । मनाङको जितमा गिडोन नाहले दुई गोल गर्दा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङको नाममा एक/एक गोल रह्यो । उता पराजित काँक्रेबिहारका लागि भने सन्दिप देउबाले एक मात्र गोल फर्काए ।
यो जितसँगै मनाङले आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । उता अंकविहीन काँक्रेबिहार पुछार मै संघर्षरत छ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान