News
मनाङको पहिलो र उत्कृष्ट जित
काठमाडौ । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार मनाङ मर्स्याङ्दी क्लबले पहिलो र उत्कृष्ट जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा मनाङले संघर्षरत टोली काँक्रेबिहार क्लबलाई ५-१ ले हरायो । मनाङको जितमा गिडोन नाहले दुई गोल गर्दा सुरेश कुमाल, अनिल कुमार र नवराज गुरुङको नाममा एक/एक गोल रह्यो । उता पराजित काँक्रेबिहारका लागि भने सन्दिप देउबाले एक मात्र गोल फर्काए ।
यो जितसँगै मनाङले आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोडेको छ । उता अंकविहीन काँक्रेबिहार पुछार मै संघर्षरत छ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”