News च्याम्पियन माल्दिभ्स, भारत दोस्रो, नेपाल तेस्रो
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा सम्पन्न साफ पुरुष फुटबल प्रतियोगितामा अपराजित रहँदै माल्दिभ्स च्याम्पियन बन्दा भारतले दोस्रो र नेपालले तेस्रो स्थान हासिल गरेको छ ।

प्रतियोगितामा अन्तिम खेल खेल्नु अघि नै विजेता बनिसकेको माल्दिभ्सले सोमबार आफ्नो अन्तिम खेलमा श्रीलंकालाई ५–२ ले हरायो । सोमबार नै सम्पन्न भएका अन्य दुई खेलहरुमा भारतले पाकिस्तानलाई र नेपालले भुटानलाई समान ४–१ को अन्तरले हरायो ।

अन्तिम खेलहरुको नतिजापश्चा्त ६ खेलबाट १८ अंक जोडेको माल्दिभ्स शिर्ष स्थानमा रह्यो । समान ११–११ अंक जोडेको भारत र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे । १० अंक जोडेको पाकिस्तान चौथो स्थानमा रहँदा ७ अंक जोडेको बंगलादेश पाँचौं स्थानमा रह्यो । त्यस्तै समान १–१ अंक जोडेका श्रीलंका र भुटान भने क्रमशः छैठौं र सातौं स्थानमा रहेर प्रतियोगिताको समापन गरे ।

सिंगल राउण्ड रोबिन लिगका आधारमा सम्पन्न भएको प्रतियोगितामा दक्षिण एसियाका सातै देशका फुटसल टोलीहरु सहभागि थिए । त्यस्तै महिलातर्फको साफ फुटसल उपाधि भने बंगलादेशले जितेको थियो ।

Post Comments