News
राष्ट्रिय लिग: पुलिससँग भगवती पराजित
काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले साँघुरो अन्तरको संघर्षपुर्ण जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स मै भएको खेलमा पुलिसले श्री भगवती क्लबलाई १–० को झिनो अन्तरले हराउँदै महत्वपूर्ण तीन अंक जोड्यो । स्मरण रहोस, लिगमा पुलिसको यो पहिलो जितसमेत हो ।
त्यसअघि सोमबार नै भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले पनि पहिलो जित दर्ता गर्ने क्रममा काँक्रेबिहार क्लबलाई ५–१ को अन्तरले पराजित गरेको थियो ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”