लालबन्दी । सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १ नवलपुर रङ्गशालामा जिवेश्वर युवा क्लब को आयोजनामा जारी प्रथम लालबन्दी मेयर गोल्डकपको पहिलो क्वार्टरफाइनल न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरी र हनामी भरतपुर फुटबल क्लब चितवनको रोमाञ्चक खेल सम्पन्न भएको छ। उक्त खेल निर्धारित समय ३-३ गोलको बराबरीमा टुङ्गिएको थियो ।
मङ्गलबार सम्पन्न पहिलो क्वार्टर फाइनल खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै न्यू त्रियुगा स्पोर्ट्स क्लबले सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो। खेलमा लगातार तीनपटक अग्रता लिएको त्रियुगाले जितका लागि पेनाल्टी सुटआउट कुर्नु परेको थियो। लगातार तीनपटकसम्म कमब्याक गरेता पनि हनामी भरतपुर पेनाल्टी सुटआउटमा स्तब्ध भएको छ।
न्यू त्रियुगा स्पोर्ट्स क्लब सप्तरीका लागि खेलको १२ औं मिनेटमा अभिषेक खड्का त्यसैगरी खेलको ४३ औं मिनेटमा प्रितम चौधरीले गोल गरेका थिए। साथै हनामी भरतपुरका सदीप केसीले आत्मघाती गोल गर्दा सप्तरीको कुल ३ गोल भएको थियो।
उता पराजित भएको टोली हनामी भरतपुर फुटबल क्लबका लागि खेलको ३३ औं मिनेटमा समिर श्रेष्ठ त्यसैगरी खेलको ४८ औं मिनेटमा रविन्द्र श्रेष्ठ र खेलको ६५ औं मिनेटमा पुनः समिर श्रेष्ठले व्यक्तिगत दोस्रो गोल गर्दा कुल तीन गोल बनाएको थियो।
पेनाल्टी सुटआउटमा दुबै टोलीबाट कुल पाँच पाँच प्रहार हुँदा ५-४ को नतिजामा भरतपुरलाई सप्तरीले पराजित गरेको हो। भरतपुरको तर्फबाट सदीप केसीले गरेको चौथो प्रहरलाई त्रियुगाका गोलरक्षक सन्दीप भट्टराईले जोगाएका थिए,साथै उनी उक्त खेलको म्यान अफ दि म्याच बन्दै नगद रु.२५०० सहित ट्रफी पनि प्राप्त गरेका छन्।
बुधबार प्रतियोगिताको दोस्रो क्वाटर फाइनल खेल धनुषा ११ र बीरगञ्ज युनाइटेड क्लब पर्सा दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्नेछन्।
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा, उपाधिका लागि आयोजक जिवेश्वरसँग भिड्ने
- आयोजक जिवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको फाइनलमा
- बेङ्गखाडी प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा
- आयोजक जीवेश्वर प्रथम लालबन्दी मेयर गोल्डकपको अन्तिम चारमा
- सुरज गुरोको निर्णायक गोलमा बीरगञ्ज युनाइटेड प्रथम लालबन्दी मेयर गोल्डकपको सेमिफाइनलमा