News साविक विजेता फर्साटिकर आठौं सञ्जिवनी कपको सेमिफाइनलमा
सुरज राना मगर

बागधुरा । साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी स्व. बोध प्रसाद पराजुली स्मृति आठौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको पहिलो क्वाटरफाइनलतर्फ फर्साटिकरले समपुर्ण युवा क्लब, सुपौलीलाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो सुरक्षित गरेको हो । फर्साटिकरको जितमा आशिष राना र सन्दिप नेवारले गोल गरे । पराजित समपुर्णका लागि भने अस्बिक दुराले गोल गरेका थिए । खेलमा फर्साटिकरका सन्दिप नेवार म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ २१ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल सिद्धार्थ युवा क्लब, चपरहट्टी र लिस्नु युवा क्लब, कोटिहवा बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,२५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

 

Post Comments