काठमाडौं । युएईमा रहेको प्रवासी नेपालीहरुद्वारा स्थापित लमजुङ फुटबल क्लबद्वारा आयोजिक हिलटप माउण्टेन लमजुङ एफसी कप खुला सेभेन ए साईड नेपाली कम्युनिटी फुटबल प्रतियोगिताको उपाधि नखिल गुर्खा फुटबल क्लबले जितेको छ ।
फाइनलमा नखिल गुर्खाले राइजिङ स्टार फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै उपाधिमाथि आफ्नो पकड बनाउन सफल भएको हो । नखिल गुर्खाका लागि लक्ष्य र तिर्थले समान एक–एक गोल गरे ।
हिलटप माउण्टेन रेष्टुरेण्ट, अल–बर्शाको मुख्य प्रायोजन रहेको प्रतियोगिताको विजेता टोली नखिल गुर्खाले उपाधिसहित नगद ४४४४ युएई दिराम हात पार्यो भने उपविजेता राइजिङ स्टारले २२२२ दिरामसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
युएइृमा स्थापित कुल ३० नेपाली कम्युनिटी फुटबल टोलीहरु सहभागि प्रतियोगिताको विधागततर्फ नखिल गुर्खाका बिबेक बस्नेत सर्वश्रेष्ठ खेलाडी घोषित भए । राइजिङ स्टारका सुरेन्द्रले सर्वाधिक गोलकर्ताको पुरस्कार पाउँदा नखिल गुर्खाका भिम रावल उत्कृष्ट गोलरक्षक चुनिए ।