च्याङग्रे । अल स्टार क्लब, धरान र छथर गाउँपालिका, तेह्रथुम जारी तेस्रो पौवादुङमा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार भएको पहिलो सेमिफाइनलमा अल स्टारले टेम्के मैयुङ गाउँपालिका, भोजपुरलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । अल स्टारको जितमा एरिक गुरुङ र आयाम राईले गोल गरे । खेलमा अल स्टारका एरिक गुरुङ म्यान अफ दि म्याच समेत चुनिए ।
त्यस्तै बिहीबार नै भएको दोस्रो सेमिफाइनलमा छथर गाउँपालिकाले दिप्रुङ चुइचुम्मा गाउँपालिका, खोटाङलाई ४–१ ले हराउँदै फाइनलमा स्थान बनायो । छथरका लागि मिलन लिम्बु र जिवन मास्केले समान दुई–दुई गोल गरे भने पराजित दिप्रुङ चुइचुम्माका लागि सन्दिप लिम्बुले एक मात्र गोल फर्काएका थिए । खेलमा छथरका जिवन मास्के म्यान अफ दि म्याच बने ।
अब यही माघ २३ गते शुक्रबार हुने फाइनलमा अल स्टार क्लब, धरान र छथर गाउँपालिका, तेह्रथुम उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दियो ।
तेस्रो पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता तथा माघी मेला आयोजक समिति, पौवादुङमा, भोजपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ ।
- आठौं मेयर कप महिला फुटबलमा फेयर र लेटाङको जित
- भोजपुरलाई नवौं मेयर भोजपुर गोल्डकपको उपाधि
- ९ औँ मेयर भोजपुर गोल्डकपको उपाधि समीकरण पुरा, उपाधिका लागि सातदोबाटो र आयोजक भोजपुर भिड्ने पक्का
- साबिक विजेता एपीएफलाई हराउँदै आयोजक भोजपुर ९औँ मेयर भोजपुर गोल्डकपको उपाधि नजिक
- गोलरक्षक मनिष माझी नायक बन्दा प्लानिङ बोइज ९औं मेयर भोजपुर गोल्ड कपको अन्तिम चारमा