News दोस्रो जेनिथ कप : युनाइटेड युवा क्लब क्वाटरफाइनल प्रवेश, पहिलो चरणका खेलहरू सम्पन्न
गोलनेपाल

सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज सम्पन्न आठौं दिनको खेलमा युनाइटेड युवा क्लब, हुप्सेकोट, नवलपुरले मुनस्टार गाइज, सुनवललाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।

युनाइटेड युवा क्लबको जितमा बिमज मगरले ह्याट्रिक गर्दै उत्कृष्ट प्रदर्शन गरे भने रुबिन मर्दनियाले दुई गोलको योगदान दिए। प्रभावशाली खेल प्रस्तुत गरेका बिमज मगर आजको उत्कृष्ट खेलाडी घोषित भए।

यसैसँगै प्रतियोगिताको पहिलो चरणका सबै खेलहरू सम्पन्न भएका छन्। भोलि दोस्रो चरणको पहिलो क्वाटरफाइनल खेलमा आयोजक जेनिथ युथ क्लब, सुनवल–३ र बीएफसी बिशालनगर, खैरेनी, रुपन्देहीबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

Post Comments