News
युनाइटेड दोस्रो जेनिथ कपको फाइनलमा, उपाधिका लागि आयोजक जेनिथसँग भिड्ने
सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि साविक विजेता जेनिथ युथ क्लब र युनाइटेड युवा क्लब, हुप्सेकोट, नवलपुरबीच प्रतिस्पर्धा हुने भएको छ।
पहिलो सेमिफाइनलमा जनशक्ति युवा क्लबलाई टाइब्रेकरमा ७–६ ले पराजित गर्दै जेनिथ युथ क्लब फाइनलमा प्रवेश गरेको थियो। त्यसैगरी दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयमा १–१ को बराबरीपछि टाइब्रेकरमा राईजिङ स्टार एफसीलाई ५–४ ले हराउँदै युनाइटेड युवा क्लबले पनि फाइनल यात्रा तय गरेको हो।
आयोजकका अनुसार फाइनल खेल फागुन ०२ गते जेनिथ रंगशालामा दिनको ठीक २ बजेबाट सुरु हुने छ। उपाधिका लागि हुने यो निर्णायक भिडन्त निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
यस प्रतियोगिताका विजेताले रु. १ लाख २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. ६० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Post Comments
Related News