News प्लानिङ ब्वाईज २६औं बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धरान । प्लानिङ ब्वाईज युनाइटेड क्लब, काठमाडौं सुनसरीमा जारी प्रतिष्ठित २६औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ प्लानिङ ब्वाईजले न्युरोडटिम, काठमाडौंलाई २–० ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । प्लानिङ ब्वाईजको जितमा खेलको ४३औं मिनटमा केबे र अन्तिमतिर ८६औं मिनटमा श्याम मुर्मुले एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच भने प्लानिङ ब्वाईज कै गोलरक्षक योगेश धिमाल घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ २५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल नेपाल पुलिस क्लब, काठमाडौं र चर्च ब्वाईज युनाइटेड क्लब, ललितपुरबीच हुने आयोजकले जानकारी दियो ।

धरान फुटबल क्लब, धरान, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २ गतेका दिन हुनेछ ।

Post Comments