News बंगलादेशलाई हराउँदै भारत बन्यो च्याम्पियन
गोलनेपाल

पोखरा । बंगलादेश विरुद्ध लिग चरणमा बेहोरेको हारको बदला लिंदै शनिबार सम्पन्न साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतले जितेको छ ।

पोखरा रंगशालामा भएको उपाधि भिडन्तमा भारतले बंगलादेशलाई ४–० को अन्तरले हराउँदै तेस्रोपटक उपाधि उचाल्न सफल भएको हो । स्मरण रहोस, यसअघि सन २०२२ र सन् २०२४ मा पनि यो उपाधि जितेको थियो ।

शनिबार फाइनलमा भिड्नु अघि बंगलादेश र भारतले पोखरा रंगशाला मै लिग चरणको खेल पनि खेलेका थिए । त्यतिबेला भने बंगलादेशले भारतलाई २–० ले हराएको थियो । यद्यपि त्यो नतिजा र प्रदर्शनलाई बंगलादेशले फाइनलमा दोहार्याउन सकेन ।

 

Post Comments