News दोस्रो जेनिथ कप : आयोजक जेनिथ युथ क्लब सेमिफाइनलमा प्रवेश
गोलनेपाल

सुनवल । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ जेनिथ युथ क्लब, सुनवल–३ द्वारा आयोजित दोस्रो जेनिथ कप खुला नकआउट फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको पहिलो क्वाटरफाइनल खेलमा आयोजक जेनिथ युथ क्लब, सुनवल–३ र बीएफसी बिशालनगर, खैरेनी, रुपन्देहीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा जेनिथ युथ क्लबले २–० को जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

खेलको पहिलो हाफमा हिमाल घर्ती मगरले उत्कृष्ट गोल गर्दै जेनिथलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा बीएफसी बिशालनगरका अंकित बस्नेतबाट भएको आत्मघाती गोलले जेनिथको अग्रता दोब्बर बन्यो।

गोलपछि दुवै टोलीले जितका लागि निरन्तर र कडा प्रयास गरे पनि जेनिथ युथ क्लबको मजबुत डिफेन्स र अनुशासित खेलका कारण नतिजा आयोजककै पक्षमा रह्यो।

खेलभरि उत्कृष्ट प्रदर्शन गरेका हिमाल घर्ती मगर म्यान अफ द म्याच घोषित भए। यस जितसँगै आयोजक जेनिथ युथ क्लब प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको छ।

भोलि माघ २५ गते दोस्रो क्वाटरफाइनल खेलमा राईजिङ स्टार एफसी, सुनवल–१२ भुमही र केडी गाइज एफसी, सुनवल–३ किर्तिपुर–१ बीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ।

Post Comments