बिर्तामोड । पाहुना टोली भुटानको रोयल थिम्पु कलेजमाथि सहज जित निकाल्दै सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले झापा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
कप्तान हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानलाई ४-१ गोलअन्तरले पराजित गर्दै एपिएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । खेलमा एपिएफले भुटानलाई दबाबमा राखेको थियो ।
खेलको छैटौँ मिनेटमै एपिएफका लागि स्ट्राइकर प्रदिप लामाले सम्झनलायक गोल गर्दै अग्रता बनाएका थिए ।
एपिएफका कप्तान हरि कार्कीले खेलको १८औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाए । एपिएफका लागि तेस्रो गोल २२औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै सम्भव भएको थियो ।
खेलको ८३औँ मिनेटमा थप गोल गर्दै एपिएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् ।
भुटानका लागि एकमात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फाउल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबारको अन्तिम क्वाटरफाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ एफसी मलेसियाबीच हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा