News
राष्ट्रिय खेलाडी एन्जीलालाई मनास्लुको सम्मान
काठमाडौं । चुच्चेपाटीस्थित मनास्लु वल्र्ड कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एन्जीला तुम्बापो सुब्बालाई सम्मान गरेको छ ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशिष्ट व्यक्तित्वलाई सम्मान तथा बृहत सांँस्कुतिक कार्यक्रममा खेल क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै एन्जीलालाई मनास्लु खेलाडी सम्मान– २०८२ बाट सम्मान गरिएको हो ।
सोही अवसरमा मनास्लुले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई पनि सम्मान गरेको थियो । विश्व लिम्बूलाई मनास्लु सञ्चारकर्मी सम्मान, अनन्तप्रसाद भेटवाललाई मनास्लु समाजसेवी सम्मान र अभिषेक घिमिरेलाई मनास्लु शिक्षासेवी सम्मानबाट सम्मानित भए ।
उनीहरुलाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मनास्लुका कार्यकारी अध्यक्ष गेन्द्र लामा र मनास्लुका प्रिन्सिपल राजन श्रेष्ठले सम्मान गरे ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै