भरतपुर । पीएफसी इमर्जिङ् कप २०८२ मा अमर माध्यामिक विद्यालय र लक्ष्मी माध्यामिक विद्यालयले विजयी शुरुवात गरेका छन् । पटिहानी फुटबल क्लब भरतपुर महानगरपालिका-१४ को आयोजनामा शुक्रबार सुन्दरबस्ती खेल मैदानमा भएको उद्घाटनन खेलमा अमर माध्यामिक विद्यालयले एसओएस स्कूललाई टाईब्रेकरमा ४-१ ले हराएको हो । निर्धारित समयमा दुबै टिमले गोल नगरेपछि खेल टाईब्रेकरमा पुगेको थियो । यस्तै, दोस्रो खेलमा लक्ष्मी माध्यमिक विद्यालयले सैनिक आवासीय माध्यमिक विद्यालयलाई १-० ले पराजित गर्यो ।
चितवनका १२ विद्यालयले सहभागिता जनाएको यस प्रतियोगिता ७ माघसम्म हुने छ । शनिवार सनराईज र स्टेप बाई स्टेप बोर्डिङ स्कूल विच पहिलो खेल हुनेछ । यस्तै, सोमेश्वर माध्यामिक विद्यालय र नारायणी इङ्लिस पब्लिक स्कुल विचहुने क्लबका सदस्य सबिन ढकालले जानकारी दिए ।
क्लबका सचिव सुमन पौडेलका अनुसार प्रतियोगिताको विजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री पाउनेछन् । उपविजेताले १० हजार नगदसहित १० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । अनुशासित टिमलाई ५ हजार बराबरको खेलकुद सामाग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मीडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाणपत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।
क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाका अनुसार विगतका प्रतियोगिताले स्कुलदेखिनै नयाँ खेलाडीहरूको पहिचान गर्न सफल भएकाले प्रतियोगितालाई निरन्तरता दिएको बताए ।