News बिएफसीलाई हराउँदै अठ्ठाईस बिघा भरतपुर १८ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

भरतपुर । साबिक उपविजेता अठ्ठाईस बिघा युवा क्लब दोस्रो भरतपुर १८ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई २ का विरुद्ध ४ गोलले पराजित गर्दै अठ्ठाईस बिघाले सेमिफाइनलको यात्रा तय गरेको हो । भरतपुर १८ वडा कार्यालय मैदानमा भएको खेलमा अठ्ठाईस बिघालाई जिताउन सबि गुरुङले दुई तथा सजन क्षेत्री र गणेश राना मगरले एक-एक गोल गरे ।

बिएफसीका तर्फबाट सोलोमनले एक गोल गरे । अर्को एक गोल उसले उपहार पायो । दुई गोल गरेका अठ्ठाईस बिघाका सबि गुरुङ प्लेयर अफ दि म्याच बने । उनले ५ हजार रूपैयाँ प्राप्त गरे ।

Post Comments