News सुजित नायक बनेपछि अभिषेक चर्च भरतपुर १८ गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

भरतपुर । सुजित बुढाथोकी नायक बनेपछि अभिषेक चर्च रजहर दोस्रो भरतपुर १८ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज अन्तिम क्वाटरफाइनलमा गोल्डेन ईमिनेन्ट सूर्यपुर एफसीविरुद्ध प्रभावशाली जित निकाल्दै अभिषेक चर्चले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । भरतपुर १८ वडा कार्यालय मैदानमा भएको खेलमा अभिषेक चर्च २-० ले विजयी भयो ।

अभिषेक चर्चको दुबै गोलमा सुजित बुढाथोकी नायक बने । खेलको ६७ औं मिनेटमा सुजितको सुन्दर फ्रिकिक गोलमा अभिषेक चर्चले अग्रता लियो। लगत्तै ७० औं मिनेटमा सुजितको असिस्टमा विशो लामाले गोल गरेपछि अभिषेक चर्च २-० ले विजयी भयो । एक गोल र असिस्ट गरेका सुजित प्लेयर अफ दि म्याच बने ।

अभिषेक चर्चले अब फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा फर्साटिकर युवा क्लबको सामना गर्नेछ । त्यसअघि भोलि पहिलो सेमिफाइनलमा वीरगन्ज युनाइटेड र अठ्ठाईस बिघा युवा क्लब भिड्नेछन् ।

Post Comments