News
एन्फा महिला च्याम्पियनसिपः आर्मी सेमिफाइनलमा
त्रियुगा । एकतर्फी जितका साथ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब उदयपुरमा जारी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलतर्फ आर्मीले एनआरटीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा जेनिफर राना मगरले ह्याट्रिक गर्दा सपना लामाको नाममा दुई गोल रह्यो । थप एक गोल भने दीपा राईले गरीन् । उता पराजित एनआरटीका लागि भने कविता गुरुङले एक मात्र गोल गरेकी थिईन् ।
खेलमा ह्याट्रिक गरेकी आर्मीकी जेनिफर राना मगर प्लेयर अफ दि म्याच बनिन् । आर्मीले अब फागुन ६ गते हुने सेमिफाइनलमा अर्को विभागीय र दावेदार टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत फागुन ५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)