News
एन्फा महिला च्याम्पियनसिपः आर्मी सेमिफाइनलमा
त्रियुगा । एकतर्फी जितका साथ विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब उदयपुरमा जारी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलतर्फ आर्मीले एनआरटीलाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीको जितमा जेनिफर राना मगरले ह्याट्रिक गर्दा सपना लामाको नाममा दुई गोल रह्यो । थप एक गोल भने दीपा राईले गरीन् । उता पराजित एनआरटीका लागि भने कविता गुरुङले एक मात्र गोल गरेकी थिईन् ।
खेलमा ह्याट्रिक गरेकी आर्मीकी जेनिफर राना मगर प्लेयर अफ दि म्याच बनिन् । आर्मीले अब फागुन ६ गते हुने सेमिफाइनलमा अर्को विभागीय र दावेदार टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ । प्रतियोगिता अन्तर्गत फागुन ५ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”