News
संकटा सेमिफाइनल पुग्ने अन्तिम टोली, सेमिफाइनल समिकरण पनि पूरा
त्रियुगा । संकटा फुटबल क्लब उदयपुरमा जारी एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गर्ने चौथो तथा अन्तिम टोली बनेको छ । मंगलबार भएको चौथो क्वाटरफाइनलमा संकटाले चर्च ब्वाइूज युनाइटेडलाई ४–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।
संकटाले अब फागुन ७ गते हुने दोस्रो सेमिफाइनलमा दावेदार मध्ये एक एपिएफ फुटबल क्लबसँग खेल्नेछ । त्यस्तै फागुन ६ गते बुधबार हुने पहिलो सेमिफाइनलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)