News चात्या सा ११औं भलुवा गोल्डकपको अन्तिम चारमा
गोलनेपाल

भलुवा । चात्या सा फुटबल क्लब, दमक, झापा, सुनसरीमा जारी ११औं भलुवा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

मंगलबार भएको तेस्रो क्वाटरफाइनलतर्फ चात्या साले रारा फुटबल क्लब, राजारानी, धनकुटालाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । चात्या साको जितमा हरि कार्की र राजेश दाहालले गोल गरे । उता पराजित राराका लागि भने प्रदिप बुढाथोकीले गोल गरेका थिए । खेलमा चात्या साका असिम राई प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन ६ गते बुधबारको चौथो क्वाटरफाइनल खेल एम.एफसी, सुनसरी र जस्ट जोन एफसी, नाइजेरिया बीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

 

Post Comments