भलुवा । दुहबी नगरपालिका वडा नं.- ७ सुनसरी स्थित भलुवा खेल मैदानमा श्री गोल्डेन स्टार युथ क्लबको आयोजनामा सनिबार सम्पन्न भएको एघारौँ अन्तर्राष्ट्रिय आमन्त्रण भलुवा गोल्डकपको फाइनल खेलमा चात्यासा दमक झापालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै जस्ट जोन एफसी नाइजेरियाले उपाधि रक्षा गरेको हो ।
जस्ट जोनको रबाफपुर्ण जितमा डेबिड ताए र ओवोलवी अफिजले समान दुई दुई गोल गर्दा अडेसिना फेमीले एक गोलको योगदान दिएका हुन। फाइनल खेलमा दुई गोल गरेका ओवोलबी नायक साबित हुदै नगद रु. पाँच हजार रूपैयाँ प्राप्त गरेका छन।
व्यक्तिगत विधातर्फ पनि जस्ट जोनको बर्चस्व कायम रहँदा उत्कृष्ट गोलकिपर सिट्टु ओलामिलेकन, उत्कृष्ट डिफेन्डर अडिगुन पिटर, सर्वाधिक गोलकर्ता ओलाओए डेविड ताए ( पाँच गोल) साथै उत्कृष्ट प्रशिक्षक अडेमोला बन्न सफल भएका हुन् ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर चात्यासा दमक झापाका असिम राई, उत्कृष्ट फरवार्ड राजेश दाहाल बन्दा प्रतियोगिताको उदयीमान खेलाडी आयोजक गोल्डेन स्टारका निशान्त चौधरी बन्न सफल भएका हुन्।