News
चर्च ब्वाईजको जित, फ्रेण्डस र चित्लाङले बराबरी खेले
काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलहरु मध्ये एक खेलमा जित र अर्को खेलमा बराबरीको नतिजा निस्किएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चर्च ब्वाईजले त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले हराउँदै आफ्नो खातामा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो । चर्च ब्वाईजको जितमा आवायोमी फाकुन्ले र रोहन कार्कीले गोल गरे भने आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए ।
त्यस्तै एन्फा कम्प्लेक्स मै मंगलबार भएको दोस्रो खेलमा फ्रेण्डस क्लब र चित्लाङ फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)