News
नेपालले हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले हङकङको सिनियर पुरुष फुटबल टोलीसँग अर्को अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने भएको छ ।
यो कुराको पुष्टी एन्फाले पनि आधिकारिक रुपमा गरेको छ । एन्फाका अनुसार नेपाल र हङकङ बीचको खेल आउँदो चैत १२ गते (मार्च २६ तारीख) का दिन दशरथ रंगशालामा हुनेछ ।
स्मरण रहोस, नेपालले अन्तिमपटक हङकसँग यसै वर्षको गत जेठ महिनामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेलेको थियो । हङकङ कै घरेलु मैदानमा भएको उक्त खेल गोलरहित बराबरीमा टुंगिएको थियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)