News एएफसी महिला एसियन कप शुरु, आयोजक अष्ट्रेलियाको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । आइतबारदेखि शुरु भएको प्रतिष्ठित २१औं एएफसी महिला एसियन कप फुटबल प्रतियोगितामा आयोजक तथा पूर्व विजेता समेत रहेको अष्ट्रेलियाले विजयी शुरुवात गरेको छ ।

समूह ए तर्फको उद्घाटन खेलमा अष्ट्रेलियाले फिलिपिन्सलाई १–० को साँघुरो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो । पर्थ स्टेडियममा भएको खेलको १४औं मिनटमा स्टार स्ट्राइकर सामन्था केरले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

समूह ए मा अष्ट्रेलिया र फिलिपिन्स बाहेक इरान र दक्षिण कोरिया रहेका छन् । प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा दक्षिण एसियाका भारत र बंगलादेश पनि सहभागि छन् । फाइनल खेल २१ मार्चका दिन सिड्नीमा हुनेछ ।

 

 

Post Comments