News एएफसी महिला एसियन कपः दक्षिण कोरियासँग इरान निरीह
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अष्ट्रेलियामा जारी एएफसी महिला एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत बलियो प्रत्याशीका रुपमा हेरिएको दक्षिण कोरियाले पनि उत्कृष्ट शुरुवात गरेको छ ।

समूह ए मा रहेको दक्षिण कोरियाले आफ्नो पहिलो खेलमा इरानलाई ३–० को अन्तरले हराउँदै प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो । दक्षिण कोरियाले आफ्नो आगामी खेल ५ मार्चका दिन फिलिपिन्ससँग खेल्नेछ । त्यस्तै सोही दिन इरानले आयोजक अष्ट्रेलियाको सामना गर्नेछ । स्मरण रहोस, आइतबार भएको उद्घाटन खेलमा अष्ट्रेलियाले फिलिपिन्सलाई १–० ले हराएको थियो ।

 प्रतियोगितामा सहभागि कुल १२ टोलीहरुलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट दुई टोलीहरु नकआउट चरणमा प्रवेश गर्नेछन् । प्रतियोगितामा दक्षिण एसियाका भारत र बंगलादेश पनि सहभागि छन् । फाइनल खेल २१ मार्चका दिन सिड्नीमा हुनेछ ।

Post Comments