काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका शुरुवाती दुई खेलहरुमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एनआरटीले जित हात पारेका छन् ।
दशरथ रंगशालामा भएको दिनको पहिलो खेलमा आर्मीले नव जन जागृति क्लबलाई ३–० ले पराजित गर्यो । आर्मीको जितमा जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र कुनसाङ लामाले गोल गरे । यो जितपछि ८ खेलबाट १७ अंक जोडेको आर्मी शिर्ष तीनको होडमा छ । पराजित नव जन जागृति भने अझैं अंकविहीन छ ।
आइतबार नै भएको दोस्रो खेलमा एनआरटीले चित्लाङ फुटबल क्लबमाथि २–१ को रोमाञ्चक जित हात पार्यो । एनआरटीको जितमा राजिव लोप्चन र टिमोथीले गोल गरे । पराजित चित्लाङले भने एनआरटी कै सनम लिम्बुको आत्मघाती गोल उपहार पाएको थियो । यो जितपछि ९ खेलबाट १९ अंक जोडेको एनआरटी शिर्षताको होडमा कायम छ । पराजित चित्लाङको खातामा भने हाल समान खेलबाट सात अंक रहेको छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)