News विजयी शुरुवातका साथ आयोजक फुङनाम सेमिफाइनलमा
गोलनेपाल

चुलाचुली । इलाममा शुरु भएको प्रथम फुङनाम गोल्डकप खुला नकआउट फुटबल प्रतियोगितामा विजयी शुरुवातका साथ आयोजक फुङनाम स्र्पोटिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको उद्घाटन तथा पहिलो क्वाटरफाइनलमा फुङनामले त्रिवेणी फुटबल क्लब, धनकुटालाई २–१ ले हराउँदै विजयी शुरुवातका साथ सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलमा आयोजक फुङनामका लागि प्रमोद नेपाली र उमेश कार्कीले गोल गरे । उता पराजित त्रिवेणीका लागि भने प्रतिश मगरले पेनाल्टी मार्फत एक मात्र गोल फर्काएका थिए । खेलमा फुङनामका रोशन आचार्य म्यान अफ दि म्याच चुनिए ।

फुङनाम स्र्पोटिङ क्लब, फुङनाम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइन्ल खेल भने यही फागुन २९ गतेका दिन हुनेछ ।

Post Comments