काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलहरुमा मनाङ मस्र्याङ्दी क्लब र मच्छिन्द्र फुटबल क्लबले जित हात पार्दै आ–आफ्नो खातामा महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको दिनको पहिलो खेलमा मनाङले चित्लाङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोडेको हो । मनाङको जितमा शेरभ तामाङ र सुमित मल्लले गोल गरे ।
यो जितपछि लिगमा १० खेल खेलेको मनाङको खातामा १२ अंक छ । उता पराजित चित्लाङको खातामा भने ७ अंक रहेको छ ।
त्यस्तै मंगलबार नै सम्पन्न भएको दोस्रो खेलमा मच्छिन्द्रले जन जागृति युवा क्लबलाई ४–० को उत्कृष्ट अन्तरले हराउँदै खातामा तीन अंक जोड्यो । मच्छिन्द्रका लागि जोनाथनले ह्याट्रिक गर्दा अर्को एक गोल रेजिन सुब्बाले गरे ।
यो जितपछि ९ खेलबाट २१ अंक जोडेको मच्छिन्द्र शिर्ष स्थानमा छ । पराजित नव जनजागृति भने अझै अंकविहीनका रुपमा संघर्षरत छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)