News नेपाली सिनियर पुरुष फुटबल टोलीको जिम्मेवारी स्वीस प्रशिक्षक एरेनाले सम्हाल्ने
गोलनेपाल

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा स्वीजरल्याण्डका अनुभवी प्रशिक्षक मानिएका गुग्लिएल्मो एरेना नियुक्त भएका छन् । उनलाई एन्फाका महासचिव किरन राईले बिहीबार एक कार्यक्रमका बीच नियुक्तिपत्र हस्तान्तरण गरे ।

५२ वर्षिय एरेनाले अब माच २६ तारीख (चैत्र १३ गते) दशरथ रंगशाला मै हुने हङकङ विरुद्धको खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको पहिलो जिम्मेवारी सम्हाल्ने छन् । त्यसबाहेक नेपालले मार्च महिना मै एसियन कप छनौटतर्फको अन्तिम खेलमा लाओस विरुद्ध खेल्ने कार्यक्रम पनि छ ।

प्रो लाइसेन्स प्रशिक्षक समेत रहेका एरेनाले अफ्रिकी क्लबहरुको आफ्नो प्रशिक्षकीय जिम्मेवारी निभाउनुका साथै एसियाली क्षेत्रतर्फ सिंगापुर, ओमान, युएई जस्ता देशहरुको क्लब फुटबलको जिम्मेवारी हाँकेको अनुभव पनि उनीसँग छ । एरेनाले पछिल्लोपटक भने सन् २०२३ लाओसको यु–२३ फुटबल टोलीको कार्यवाहक प्रशिक्षकका रुपमा जिम्मेवारी सम्हालेका थिए ।

 

Post Comments