काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई खेलहरु बराबरी नतिजाका साथ सकिएका छन् ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको दिनको पहिलो खेलमा न्युरोडटिम (एनआरटी) र लालीगुराँस एसोसिएशनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा एनआरटीका लागि अन्जन बिष्टले गोल गर्दा लालीगुराँसका लागि आशिष गुरुङले गोल फर्काएका थिए ।
यो नतिजापछि १० खेलबाट एनआरटीको खातामा १९ अंक छ भने लालीगुराँसको खातामा २० अंक रहेको छ । र, दुवै टोली शिर्ष तीन कै होडमा पनि छन् ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब र सातदोबाटो युथ क्लबले पनि समान १–१ गोलको बराबरी खेलेका छन् । जावलाखेलका लागि बौबाकर सिसोखोले गोल गर्दा सातदोबाटोका लागि जगजित श्रेष्ठले गोल फर्काएका थिए ।
यो नतिजापछि ९ खेलबाट जावलाखेलको खातामा १० अंक छ । उता सातदोबाटोको खातामा भने १० खेलबाट ७ अंक रहेको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान