काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार भएका तीन खेलहरुमा चर्च ब्वाईज युनाइटेड, संकटा फुटबल क्लब र विभागीय टोली एपिएफ फुटबल क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्सको मैदानमा भएको दिनको पहिलो खेलमा चर्च ब्वाईजले काँक्रेबिहार क्लबलाई २–१ ले हरायो । चर्च ब्वाईजको जितमा दुवै गोल रिचार्ड विलसनले गरे । उता पराजित काँक्रेबिहारका लागि भने सुदेन विक्रम विश्वकर्माले गोल गरेका थिए ।
यो जितपछि ९ खेलबाट २२ अंक जोडेको चर्च ब्वाईज शिर्षता कै होडलमा छ । उता पराजित काँक्रेबिहारको खातामा भने ९ खेलबाट १ अंक मात्र छ र लिगतालिकाको पुछारतिरै संघर्षरत छ ।
त्यस्तै दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटाले श्री भगवती क्लबलाई १–० को अन्तरले पराजित गर्यो । संकटाको जितमा कृष्ण बहादुर आलेले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि १० खेलबाट १३ अंक जोडेको संकटा लिगतालिकाको मध्यतिर शिर्ष दशभित्र रहेको छ । पराजित भगवती भने ८ अंकका साथ लिगतालिकाको १३औं स्थानमा छ ।
त्यसैगरी बिहीबार नै भएको दिनको तेस्रो खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले निराश बनायो । एपिएफको जितमा सबिन गुरुङले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि १० खेलबाट २४ अंक जोडेको एपिएफ लिगतालिकाको शिर्ष स्थानमा छ । पराजित आर्मी भने २० अंकका साथ लिगतालिकाको चौथो स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)