काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत फागुन ३० गते शनिबार भएका दुई खेलहरु समान अन्तरको बराबरी नतिजामा टुंगिएका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा जनजागृति युवा क्लब र सातदोबाटो युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा जनजागृतिका लागि बिक्रम थोकरले गोल गर्दा सातदोबाटोका लागि अरुण लामाले गोल गरेका थिए ।
यो नतिजापछि लिगमा पहिलो अंक जोड्न सफल जन जागृति १० खेलबाट १ अंकका साथ पुछार मै छ । उता सातदोबाटो भने ८ अंकका साथ १४औं स्थानमा छ ।
त्यस्तै शनिबार नै दशरथ रंगशालामा भएको दोस्रो खेलमा न्युरोडटिम (एनआरटी) ले श्री भगवती क्लबसँग समान १–१ गोलको बराबरी खेल्यो । भगवतीका लागि बाख्रोमजोन तुर्गुनपुलाटोवले गोल गरे भने एनआरटीका लागि अन्जन बिष्टले गोल गरेका थिए ।
यो नतिजापछि ११ खेलबाट २० अंक जोडेको एनआरटी लिगतालिकाको सातौं स्थानमा छ । भगवती भने ९ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”