काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत फागुन ३० गते शनिबार भएका दुई खेलहरु समान अन्तरको बराबरी नतिजामा टुंगिएका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा जनजागृति युवा क्लब र सातदोबाटो युवा क्लबले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे । खेलमा जनजागृतिका लागि बिक्रम थोकरले गोल गर्दा सातदोबाटोका लागि अरुण लामाले गोल गरेका थिए ।
यो नतिजापछि लिगमा पहिलो अंक जोड्न सफल जन जागृति १० खेलबाट १ अंकका साथ पुछार मै छ । उता सातदोबाटो भने ८ अंकका साथ १४औं स्थानमा छ ।
त्यस्तै शनिबार नै दशरथ रंगशालामा भएको दोस्रो खेलमा न्युरोडटिम (एनआरटी) ले श्री भगवती क्लबसँग समान १–१ गोलको बराबरी खेल्यो । भगवतीका लागि बाख्रोमजोन तुर्गुनपुलाटोवले गोल गरे भने एनआरटीका लागि अन्जन बिष्टले गोल गरेका थिए ।
यो नतिजापछि ११ खेलबाट २० अंक जोडेको एनआरटी लिगतालिकाको सातौं स्थानमा छ । भगवती भने ९ अंकका साथ लिगतालिकाको १२औं स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)