काठमाडौ.। एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलहरु मध्ये दुई खेलमा निश्चित जित र एक खेलमा बराबरी नतिजा निस्किएको छ ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले काँक्रेबिहार क्लबलाई ४–१ को अन्तरले हरायो । जावलाखेलको जितमा निकोलस ह्यामिल्टनले दुई गोल गर्दा बौबाकर सिसोखो र बिकास दर्लामीले एक–एक गोल गरे । काँक्रेबिहारका लागि दिपेन्द्र चुनाराले एक मात्र गोल गरेका थिए ।
यो नतिजापछि १० खेलबाट १३ अंक जोडेको जावलाखेल लिगतालिकाको दशौं स्थानमा छ । पराजित काँक्रेबिहार भने १ अंकका साथ पुछारतिर १६औं स्थानमा छ ।
त्यस्तै आइतबार नै भएको अर्को खेलमा चित्लाङ फुटबल क्लब र एपिएफ फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि ११ खेलबाट २५ अंक जोडेको एपिएफ लिगतालिकाको दोस्रो स्थानमा छ । उता चित्लाङ भने १२ खेलबाट ८ अंकका साथ १३औं स्थानमा छ ।
त्यसैगरी आइतबार नै भएको तेस्रो खेलमा फ्रेण्डस क्लबले चर्च ब्वाईज युनाइटेडलाई २–० ले पराजित गर्यो । यो जितपछि १० खेलबाट १२ अंक जोडेको फ्रेण्डस लिगतालिकाको ११औं स्थानमा छ । पराजित चर्च ब्वाईज भने २२ अंकका साथ चौथो स्थानमा छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)