News लोहोरुङ्ग एफसी सेमिफाइनलमा
गोलनेपाल

इटहरी । लोहोरुङ्ग फुटबल क्लब, संखुवासभा यहाँ जारी तेस्रो स्व. कृष्ण प्रसाद भट्टराई स्मृति गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलतर्फ लोहोरुङले चुत्तन स्र्पोटिङ क्लब, तेह्रथुमलाई ३–२ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने तेस्रो टोली बन्न सफल भएको हो ।

लोहोरुङ्गको जितमा अमित गजमेर, मिलन लिम्बु र बिनोद राईले गोल गरे । उता पराजित चुत्तनका लागि दुवै गोल सन्तोष लिम्बुले गरेका थिए । खेलमा लोहोरुङ्गमा विवेक राई प्लेयर अफ दि म्याच बने । उनले त्यसवापत नगद ५५०० र मेडल हात पारे ।

प्रतियोगिता अन्तर्गत चैत्र ३ गते मंगलबारको चौथो क्वाटरफाइनल खेल आयोजक द योङ ब्रदर्श क्लब, इटहरी र कञ्चनजंघा फुटबल क्लब, सिलिगुडी, भारतबीच हुने आयोजकले जानकारी दियो ।

द योङ ब्रदर्श क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल चैत्र ७ गतेका दिन हुनेछ ।

 

Post Comments