News
राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा बालगोपाल र चेतकुमार, अन्य अफिसियलहरुको नियुक्ति पनि तय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतकुमार घिमिरेलाई नियुक्त गरेको छ ।
त्यस्तै टिम म्यानेजरमा मदनलाल श्रेष्ठ नियुक्त भएका छन् भने सहायक टिम म्यानेजरमा राजीव कुमार यादव नियुत्तः भएका छन् । त्यस्तै परफरमेन्स एनालिस्टमा पंकज शाहीलाई नियुक्त गरिएको छ ।
नियुक्त भएका सबैलाई एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे । उता टोलीको मुख्य प्रशिक्षकमा यसअघि नै स्वीजरल्याण्डका गुग्लिएल्मो एरेना नियुक्त भईसकेका छन् ।
स्मरण रहोस, नेपालले यही मार्च २६ तारीखका दिन हङकङसँगै घरेलु मैदान दशरथ रंगशाला मै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)