News
राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा बालगोपाल र चेतकुमार, अन्य अफिसियलहरुको नियुक्ति पनि तय
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल साहुखल र चेतकुमार घिमिरेलाई नियुक्त गरेको छ ।
त्यस्तै टिम म्यानेजरमा मदनलाल श्रेष्ठ नियुक्त भएका छन् भने सहायक टिम म्यानेजरमा राजीव कुमार यादव नियुत्तः भएका छन् । त्यस्तै परफरमेन्स एनालिस्टमा पंकज शाहीलाई नियुक्त गरिएको छ ।
नियुक्त भएका सबैलाई एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे । उता टोलीको मुख्य प्रशिक्षकमा यसअघि नै स्वीजरल्याण्डका गुग्लिएल्मो एरेना नियुक्त भईसकेका छन् ।
स्मरण रहोस, नेपालले यही मार्च २६ तारीखका दिन हङकङसँगै घरेलु मैदान दशरथ रंगशाला मै अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”