News
राष्ट्रिय लिगमा आर्मीसँग मच्छिन्द्र पराजित
काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दिनको तेस्रो तथा अन्तिम खेलमा रोमाञ्चक नतिजा निस्किएको छ । लिगतालिकाको शिर्ष स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबले स्तब्धपूर्ण हार बेहोर्न पुग्यो ।
दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग १–२ को स्तब्धपूर्ण हार बेहोर्न पुगेको हो । खेलमा आर्मीका जिलेस्पी जंग कार्की प्लेयर अफ दि म्याच चुनिए ।
यो जितपछि ११ खेलबाट २३ अंक जोडेको आर्मी लिगतालिकाको चौथो स्थानमा छ । उता पराजित मच्छिन्द्र भने हारका बावजुद २५ अंकका साथ शिर्ष स्थानमा कायम छ । यद्यपि दोस्रो टोलीको टोली एपिएफसँग स्पष्ट अग्रता बनाउनबाट भने मच्छिन्द्र चुकेको छ । समान ११ खेलबाट २५ अंक जोडेको एपिएफ गोलभिन्नताले पछि पर्दै दोस्रो स्थानमा छ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)