News साविक विजेता चीनलाई हराउँदै आयोजक अष्ट्रेलिया फाइनलमा
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साविक विजेता चीनको चुनौति समाप्त पार्दै आयोजक अष्ट्रेलिया घरमै जारी प्रतिष्ठित एएफसी महिला एसियन कपको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पर्थ स्टेडियममा भएको पहिलो सेमिफाइनलमा अष्ट्रेलियाले चीनलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलको १७औं मिनटमा केटलिन फुर्डको गोलबाट अष्ट्रेलियाले नै अग्रता बनाएको थियो । तर, तर २६औं मिनटमा झाङ लिनयानले पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएकी थिईन् ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपछि दोस्रो हाफमा अष्ट्रेलियाले पकड बनायो । खेलको ५८औं मिनटमा प्ररेणादायी स्ट्राइकर सामन्था केरको निर्णायक गोलसँगै घरेलु टोली अष्ट्रेलियाले उपाधि नजिक पुग्ने आफ्नो योजना निश्चित बनायो ।

अब अष्ट्रेलियाले फाइनलमा बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ जापान र दक्षिण कोरिया बीचको विजेतासँग उपाधिका लागि भिड्नेछ । स्मरण रहोस, अष्ट्रेलियाले सन् २०१० मा महिला एसियन कपको उपाधि जितिसकेको छ ।

Post Comments