News सहिद स्मारक महिला लिगमा संकटाको उत्कृष्ट शुरुवात
गोलनेपाल

काठमाडौ । बुधबारदेखि शुरु भर्को सहिद स्मारक महिला लिग फुटबल प्रतियोगितामा संकटा फुटबल क्लाले उत्कृष्ट शुरुवात गरेको छ ।

च्यासल रंगशालामा भएको उद्घाटन खेलमा संकटाले एनआरटीलाई ४-० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

संकटाको एकतर्फी जितमा विन थिङी टुन, शुक्रीया मिया, लुसिया जोसे र क्वीनाबेल अमन्क्राहले गोल गरीन ।

त्यसअघि प्रतियोगिताको उद्घाटन एक कार्यक्रमका बीच एन्फा महासचिव किरन राई लगायतले गरेका थिए ।

Post Comments