News शहिद स्मारक महिला लिगमा आर्मीको पनि सहज जित
गोलनेपाल

काठमाडौं । बुधबारदेखि शुरु भएको शहिद स्मारक महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत लिगको बलियो प्रत्याशी मध्ये एक त्रिभुवन आर्मी फुटबल क्लबले पनि उत्कृष्ट शुरुवात गरेको छ ।

च्यासल रंगशालामा भएको दिनको दोस्रो खेलमा आर्मीले झापा फुटबल क्लबलाई ५–० को अन्तरले हरायो । आर्मीको जितमा अन्जना थुलुङ राईले दुई गोल गर्दा दिपा शाही, हिमा चौधरी र तुलसा बोहराले समान एक–एक गोल गरे । खेलमा आर्मी कै दिपा शाही प्लेयर अफ दि म्याच चुनिईन् ।

स्मरण रहोस, त्यसअघि बुधबार नै भएको उद्घाटन खेलमा संकटा फुटबल क्लबले एनआरटीलाई ४–० को अन्तरले हराउँदै विजयी शुरुवात गरेको थियो ।

 

Post Comments