News
अष्ट्रेलियामा आशिषको नयाँ यात्रा
काठमाडौं । हाल अष्ट्रेलियामा रहेका नेपालका पूर्व अन्तर्राष्ट्रिय खेलाडी आशिष चौधरी अष्ट्रेलियन क्लब अल्बियोन रोवर्स फुटबल क्लबमा आवद्ध भएका छन् । आशिषलाई अनुवन्ध गरेको कुरा क्लबले आफ्नो आधिकारिक पेजमार्फत समेत जानकारी गराएको छ ।
क्लबले हाल भिक्टोरिया स्टेट लिग डिभिजन टु मा प्रतिस्पर्धा गर्दै आईरहेको छ । स्मरण रहोस, उत्कृष्ट लय र नेपाली राष्ट्रिय टोलीको नियमित सदस्य रहेका आशिष केही वर्ष सुन्दर भविष्यको खोजीमा अष्ट्रेलिया पुगेका थिए ।
Post Comments