शिवराज । शिवगढी साइनिङ स्टार युथ क्लब र द ब्राईट युथ क्लब कपिलवस्तुको शिवराज नगरपालिकामा जारी दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
शिवराज१, कलौनी स्थित शिवशिक्त खेलमैदानमा सोमबार भएको दिनको पहिलो खेलमा शिवगढी साइनिङले ज्ञानज्योति युथ क्लबलाई पेनाल्टी शुटआउटमा ५–३ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा शिवगढी साइनिङका गोलरक्षक विपिन मल्ल ठकुरी प्लेयर अफ दि म्याच चुनिए ।
त्यस्तै दिनको दोस्रो खेलमा द ब्राईट युथ क्लबले जन आदर्श युथ क्लबलाई २–० ले हराउँदै अन्तिम आठको यात्रा तय गर्यो । द ब्राईटका लागि बिमल घर्ती मगर र बिपिन खड्काले गोल गरे । खेलमा द ब्राईट युथ कै बिपिन खड्का प्लेयर अफ दि म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत चैत्र १० गते मंगलबार पनि दुई खेलहरु हुने खेल संयोजक अर्जुन शर्माले जानकारी दिए । साथै दुवै खेलहरु यथावत समय मै हुने पनि संयोजक शर्माले बताए ।
शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १७ गतेका दिन हुनेछ ।
- कपिलवस्तुमा ग्रीन भिजनलाई दोस्रो शिवशक्ति कपको उपाधि
- शिवशक्तिको आयोजनामा कपिलवस्तुको शिवराज नगरपालिकामा मैत्रीपूर्ण फुटबल म्याच सम्पन्न
- दोस्रो शिवशक्ति कपः फाइनलमा ग्रीन भिजन र आयोजक शिवशक्ति भिड्ने
- शिवगढी स्र्पोटिङ र ग्रीन भिजन दोस्रो शिवशक्ति कपको सेमिफाइनलमा
- दोस्रो शिवशक्ति कपः जागृति युथ र आयोजक शिवशक्ति सेमिफाइनलमा