काठमाडौं । माल्दिभ्समा सोमबारदेखि शुरु भएको साफ यु–२० च्याम्पियनसिपमा नेपालले रोमाञ्चक जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
माल्दिभ्सको राजधानी माले स्थित नेशनल फुटबल स्टेडियममा भएको समूह ए तर्फको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हात पार्दै विजयी शुरुवात गरेको हो ।
खेलको सातौं मिनटमा सुजन डंगोलको गोलबाट अग्रता बनाएको नेपालले दोस्रो हाफको ५३औं मिनटमा सुबास बमको गोलबाट त्यो अग्रता दोब्बर पारेको थियो । जुन अग्रता निर्णायक पनि बन्यो । उता खेलको ८४औं मिनटमा ढेन्डुप ग्याल्जेनले भुटानका लागि एक गोल फर्काए तापनि टोलीको हार टार्न प्रर्याप्त बनेन ।
यो जितसँगै नेपालले समूह ए मा महत्वपूर्ण तीन अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेल २५ मार्चका दिन श्रीलंकासँग खेल्नेछ । सोही दिन भुटानले आयोजक माल्दिभ्सको सामना गर्नेछ । समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । उता समूह बी मा साविक विजेता भारतसँगै बंगलादेश र पाकिस्तान रहेका छन् ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल