काठमाडौं । सोमबारदेखि शुरु भएको साफ यु–२० च्याम्पियनसिपको पहिलो दिन दोस्रो खेलमा आयोजक माल्दिभ्स स्तब्धपुर्ण रुपमा पराजित हुन पुगेको छ ।
दुई गोलको स्पष्ट अग्रता जोगाउन नसकेको माल्दिभ्सले समुह ए तर्फ आफ्नो पहिलो खेलमा श्रीलंकासँग २–३ गोलको अन्तरले निराश बन्न पुगेको हो ।
माले स्थित नेशनल फुटबल स्टेडियममा माल्दिभ्सका लागि खेलको २७ र पहिलो हाफ कै इन्जुरी समयमा गरी मोहम्मद इमरानले दुई गोल गरेका थिए । तर, त्यो अग्रता घरेलु टोलीले दोस्रो हाफमा गुमाउन पुग्यो ।
खेलको ४६औं मिनटमा मोहम्मद कथिमले श्रीलंकाका लागि पहिलो गोल फर्काए भने ६३औं मिनटमा अहमद हिजाजीले श्रीलंकाका लागि दोस्रो गोल तथा बराबरी गोल फर्काए । त्यस्तै ८७औं मिनटमा हुसैन अब्दुल्लाहले पेनाल्टीमार्फत तेस्रो गोल गर्दै श्रीलंकाको जितमा पक्का गरे ।
प्रतियोगिता अन्तर्गत अब २५ मार्चका दिन श्रीलंकाले नेपालसँग खेल्नेछ । नेपालले सोमबार नै उद्घाटन खेलमा भुटानलाई २–१ ले हराएको थियो । त्यस्तै २५ तारीख कै दिन हुने अर्को खेलमा माल्दिभ्सले भुटानको सामना गर्नेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल