News ग्रीन भिजन र आयोजक शिवशक्ति (रातो) दोस्रो शिवशक्ति कपको क्वाटरफाइनलमा
सुरज राना मगर

शिवराज । ग्रीन भिजन युथ क्लब र आयोजक शिवशक्ति युवा क्लब (रातो) कपिलवस्तुमा जारी दोस्रो शिवशक्ति कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार शिवराज नगरपालिका १ स्थित आयोजक क्लब कै शिवशक्ति खेलमैदानमा भएको दिनको पहिलो खेलमा ग्रीन भिजनले गोल्डेन स्टार युथ क्लबलाई २–० ले हरायो । ग्रीन भिजनको जितमा अमृत बिसी र अमृत जिसीले गोल गरे । खेलमा ग्रीन भिजन कै अमृत जिसी प्लेयर अफ दि म्याच बने ।

त्यस्तै दिनको दोस्रो खेलमा आयोजक शिवशक्ति (रातो) ले नमुना ज्योति युथ क्लबलाई ३–० को अन्तरले हरायो । शिवशक्ति (रातो) को जितमा निर थापा, केशमान जिएम र बिकास राईले गोल गरे । खेलमा शिवशक्ति कै निर थापा प्लेयर अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत चेत्र १२ गते बिहीबारको पहिलो खेलमा द ब्राईट युथ क्लब र योङ ब्वाईज फुटबल क्लबबीच हुनेछ भने दोस्रो खेल आयोजक शिवशक्ति युवा क्लब (निलो) र सुर्यमुखी युथ क्लबबीच हुने खेल संयोजक अर्जुन शर्माले जानकारी दिए ।

शिवशक्ति युवा क्लब, शिवराज नगरपालिका–१, कलौनी, कपिलवस्तुको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने यही चैत्र १७ गतेका दिन हुनेछ ।

 

 

Post Comments