News
चितवनको माडीमा पाँचौं न्यु इयर कप हुँदै
माडी । योङ स्टार क्लब, माडी–३, पौहारीको आयोजना तथा बसन्तपुर युनाइटेड क्लब र बसन्तपुर युथ क्लब, माडी–३, चितवनको सह–आयोजनामा आउँदो नयाँ वर्षको बैशाख १ देखि ५ गतेसम्म पाँचौं न्यु इयर कप माडी स्तरीय फुटबल पतियोगिता हुने भएको छ ।
बसन्तपुरको खेलमैदानमा हुने प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि चैत्र २९ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४००० तोकिएको पनि आयोजकले जनाएको छ ।
माडी नगरपालिका, वार्ड नम्बर ३ को कार्यालय मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)