काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रिय खेलकुद परिषद (राखेप) को निलम्बनपछि थुप्रै प्रतियोगिताहरु प्रभावित भएको बताएको छ ।
एन्फाको केन्द्रिय निर्वाचन स्थगित भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा एन्फाले लिगदेखि लिएर अन्य थुप्रै प्रतियोगिताहरुको आयोजना प्रभावित हुनुका साथै रोकिएको बताएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एन्फाका महासचिव किरन राईले एएफसी र फिफासँगको छलफल पश्चात नै एन्फा निर्वाचन स्थगित गरिएको समेत बताए । निर्वाचन कै लागि भनेर एएफसी र फिफाको प्रतिनिधी नेपाल आए तापनि राखेपले एन्फालाई निलम्बन गरेपछि ती प्रतिनिधीहरुसँग छलफल गरी बिहीबार एन्फा निर्वाचन स्थगित गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
महासचिव राईले आफूहरु कानुन नमान्ने पक्षमा नरहेको पनि स्पष्ट पारे । साथै आफूहरुले नेपाली फुटबलका लागि राम्रो गर्न चाहेको र त्यसका लागि मेहनत पनि गरिरहेको उनले पत्रकार सम्मेलनमा बाताए ।
त्यसबाहेक उनले अब नेपाली फुटबलको जिम्मेवारी राखेपले लिनुपर्ने जिकिर गरे । एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल कसरी हाँक्ने र कसरी अगाडी लैजाने जिम्मा राखेपको भएको महासचिव राईले बताए ।
नेपाल र लाओस बीचको खेल पनि अन्यौलमा
त्यस्तै अबको चार दिनपछि (३१ मार्च) मा एएफसी एसियन कप छनौटतर्फ नेपालले समूह चरणको अन्तिम खेलका रुपमा लाओससँग खेल्ने कार्यक्रम छ । जुन खेल अहिलेको अवस्थामा अन्यौल बनेको छ ।
महासचिव राईका अनुसार नेपाल र लाओस बीच हुने उक्त खेलका लागि राखेपबाट स्वीकृति नआएको बताए । राखेपले स्वीकृति नदिए नेपाल टिम सहभागि नहुने अवस्था रहेको बताए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)