रामधुनी । आर.एफ.सी. धरान यहाँ जारी तेस्रो पंचायन गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो क्वाटरफाइनलतर्फ आर.एफ.सी. धरानले बेतना युनाइटेड, बेलबारी, मोरङलाई २–० ले हराउँदै अन्तिम चारमा स्थान तय गरेको हो ।
आर.एफ.सी. धरानको जितमा बिनोद राई र कृष्ण राईले गोल गरे । खेलमा प्लेयर अफ दि म्याच पनि आर.एफ.सी. धरानका गोलकर्ता कृष्ण राई घोषित भए ।
प्रतियोगिता अन्तर्गत चैत्र १५ गते आइतबारको प्रिक्वाटरफाइनल खेल न्यु स्टार क्लब, बराहक्षेत्र, सुनसरी र तालतलैया फुटबल क्लब, इटहरी, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
पंचायन फुटबल क्लब, रामधुनी–७, पंचायन, सुनसरीको आयोजनामा शुरु भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ८१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र २१ गतेका दिन हुनेछ ।
